अमेरिकामा भारतीय मूलका डाक्टरको लखेटीलखेटी हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

काठमाडौं, ३० भदौ । अमेरिकाको कान्सास राज्यमा एक भारतीय मूलका चिकित्सकको चक्कुप्रहार गरेर हत्या भएको छ। बुधवार विचिता भन्ने स्थानमा अच्युत रेड्डी नामक चिकित्सकको हत्या भएको प्रहरीले जनाएको छ। रेड्डीलाई हत्या गरेको आशंकामा २१ वर्षीय उमर रशिद दत्त पक्राउ परेका छन्।

दत्तले रेड्डीलाई क्लिनिकमा आक्रमण गरेर नजिकैको गल्लीसम्म लखेट्दै ल्याएर हत्या गरेको प्रहरीलाई बताएका छन्। रेड्डीमाथि आक्रमण भएपछि उनका व्यवस्थापकले आक्रमणकारीलाई रोकेररेड्डीलाई भाग्ने मौका दिएको भएपनि आक्रमणकारीले उनलाई गल्लीमा लखेटेर पुनः आक्रमण गरी मारेको बताईएको छ।

रगत लत्पतिएको व्यक्तिलाई कारमा देखेपछि क्लबका सुरक्षागार्डले प्रहरीलाई खबर परेपछि आक्रमणकारी दत्त पक्राउ परेका थिए। एजेन्सी

ताजा समाचार