यौन सम्बन्ध लुकाउन भाइको हत्या गरेकी किशोरीले गरिन् हिरासतमै आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरहा, कार्तिक । आफ्नो यौन सम्बन्ध लुकाउन १३ वर्षीय भाइको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् ।

सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवलाई प्रहरीले आफ्नै भाइको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो। प्रहरीले आइतबार मात्र उनलाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरेको केही घण्टामा नै उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रियंकाले हिरासतकै शौचालयको भेन्टिलेटरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको आरोपमा प्रियंका र उनका नजिकका साथी सञ्जयकुमार साहलाई पक्राउ गरेको थियो।

आफ्नै काकाको छोरो भवेश कुमार यादवले उनको र सञ्जयकुमारको यौन सम्बन्धबारे थाहा पाएपछि घर परिवारले थाहा पाउने डरले उनीहरुले नजिकको जंगलमा लगेर हत्या गरेका थिए।

भवेशले दिदी प्रियंका र साथी सञ्जयले गोठालो जाँदा नर्सरी भित्र यौन सम्बन्ध राखेको देखेका थिए । सोही कुरा परिवारलाई नभन्न आग्रह गर्दा नमानेपछि पटका र मोबाइलको प्रलोभन देखाई नजिकको जंगलमा लगेर हत्या गरेको प्रहरी बयानका क्रममा प्रियंका र सञ्जयले बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);