मदिरा नियन्त्रणमा जुटे कालिकोटका महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कालिकोट, १२ कार्तिक । कालिकोटको कालिका गाउँपालिकाका महिला मदिरा नियन्त्रण अभियानमा जुटेका छन् ।

मनपरी मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने क्रम बढेपछि कालिका गाउँपालिका वडा नम्बर ५, सुकाटियाका महिलाले मदिरा नियन्त्रण अभियान चलाएका हुन् ।

अभियानअन्तर्गत महिलाले शनिबारमात्रै साढे सात सय लिटर घरेलु मदिरा नष्ट गरेका छन् । मदिराका कारण गाउँ नै विकृत बन्दै गएपछि नियन्त्रण अभियान चलाएको आमा समूहकी सदस्य मैयाकला शाहीले बताएका छन्।

मदिराविरुद्धको महिला अभियानलाई प्रहरी प्रशासन र वडा कार्यालयले पनि सहयोग गरेका छन् । अटेर गरी मदिरा सेवन गरेर होहल्ला र अशान्ति मच्चाए प्रहरीको सहयोगमा जरिवाना गर्ने आमा समूहले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);