मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २१ असोज । मदिरा बेच्न रोक लगाएको भन्दै बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट दायर गरेका छन् । गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निषेध गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर गरेका हुन्।

जनप्रतिनिधिविरुद्ध व्यवसायीहरूले मुद्दा दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् । ‘हामीले मदिरा व्यवसायीसँगको छलफलपछि पहिलो बैठकबाटै गाउँपालिकाभित्र मदिरा बेचबिखन रोक्ने निर्णय गरेका थियौं, तर उहाँहरूले यो निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएछ,’ उनले भनिन्।

जिल्ला अदालतबाट फोनमार्फत मदिरा व्यवसायीले मुद्दा दायर गरेको जानकारी पाएको उनको भनाइ छ । गाउँपालिका भित्रका ८६ जना मदिरा व्यापारीको आन्तरिक बैठकले जनप्रतिनिधिविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले उच्च अदालत महेन्द्रनगरमा गाउँपालिकाको निर्णयले व्यवसायमा असर परेको भन्दै मुद्दा दायर गरेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए।

‘एउटै लाइसेन्स लिएर चार वटासम्म मदिरा पसल खोलेका छन्, बालबालिकाहरूलाई मदिरा नबेच्नुस् भन्दा पनि बेच्ने गर्छन्,’ उनले भने, ‘महिला हिंसा बढेको, विद्यार्थीको अध्ययनमा असर परेकोलगायतका कारण हामीले अभियान चाल्दा उल्टै मुद्दा हालेछन्।’ आजको राजधानी दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);