मन्त्री पाण्डेको निर्माण कम्पनीले महानगरपालिकालाई फँसायो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काठमाडौँ, २१ असोज । वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन।

मन्त्री पाण्डेको स्वामीत्वमा रहेको कालिका कन्स्ट्रक्सनले २०७१ सालमा तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मको आठ किलोमिटर बाटो १८ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का लिएको थियो।

सो बाटो हाल दुई किमि मात्र पिच भएको छ । काठमाडौं महानगरपालिका स्रोतका अनुसार पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो निर्माण गर्ने जिम्मा लिएका थिए।

सिसडोलबासीले बाटो निर्माण नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिदै आएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ।