निर्वाचन आयोगले आजै मत पत्र छपाईबारे जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौँ, १३ कार्तिक । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र छपाइका सम्बन्धमा सर्वोच्च अदालतलाई आजै जवाफ दिने आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।

आयोगले महान्यायाधिवक्ता र अन्य कानूनविदसँगको छलफलपछि सर्वोच्चमा पेश गर्ने जवाफ तयार पारेको छ । सर्वाेच्च अदालतको फैसलालाई सम्मान गर्दै जवाफ तयार पारिएको बताएको छ । सर्वोच्च अदालतले गत बुधबार प्रदेश र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र छपाइ सम्बन्धमा भएको प्रगति तीन दिनभित्र पेश गर्न आदेश दिएको थियो ।

आदेशको भोलिपल्ट र पर्सिपल्ट सार्वजनिक विदा परेका कारण आयोगले आज जवाफ पेश गर्न लागेको हो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);