स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस मनाइंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस मनाइंदै

Narayan Gopal

काठमाडौं, १९ मंसिर । स्वरसम्राट नारायणगोपालको आज ३३ औँ स्मृति दिवस । नेपाली संगीतका महान् गायक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २०४७ मंसिर १९ गते निधन भएको दिन आज ३३ औँ स्मृति दिवस मनाइदै छ ।

काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मेका नारायण गोपालका कालजयी गितहरु आज पनि निकै लाकप्रिय छन् । २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालका ३० वर्ष लामो गायनयात्राले १३७ गीत गाएको तथ्यांक छ ।

आधुनिक गीतका साथै केही चलचित्रमा समेत गाएका नारायण गोपाल साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन भएको थियो ।

दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए ।

योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए। नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भयो । गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो । दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे। पेमलाको पनि निधन भइसकेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);