स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कोइरालाले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको सम्झना र सम्मान गर्दै नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनस लगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।

कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला १९८१ सालमा भारतको टेडीमा उनको जन्म भएको थियो । नेपाली राजनीतिमा ठुलो योगदान दिएका कोइराला पाँच पटक प्रधानमन्त्री बनेका थिए ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनकोको विशेष योगदान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);