स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ७ औं स्मृति दिवस, यसरी सझिईंदै छ कोइरालालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ७ औं स्मृति दिवस, यसरी सझिईंदै छ कोइरालालाई

स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृती दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाइईंदै, शान्ति प्रक्रियामा पु¥याएको योगदानको स्मरण गरिदै

स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ७ औं स्मृति दिवस

काठमाडौं । स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृती दिवस तथा बार्षिकी आज देशभर विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

नेपाली काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरि स्मृति दिसव मनाउँदैछ । कोइरालाको स्मृतिमा उहाँकै गृहनगर विराटनगरस्थित निवासमा उहाँकै स्मृतिमा स्थापना भएको जीपी कोइराला फाउन्डेशनले स्मृति सभा आयोजना गर्न लागेको छ ।

नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला देशमा पाँच पटक प्रधानमन्त्री हुनुभएको थियो ।

०६२÷६३को लोकतान्त्रिक आन्दोलनपछि कोइराला कार्यवाहक राष्ट्राध्यक्षको रुपमा पनि रहनुभयो । भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा जन्मनुभएका कोइरालाको बाल्यकाल भारतमै बितेको थियो ।

कोइरालाको विद्यालय शिक्षा विराटनगरमा र त्यसपछिको शिक्षा भारतमै भएको थियो । भारतको स्वतन्त्रता आन्दोलनमा समेत भाग लिनु भएका कोइराला बिराटनगरको मजदुर आन्दोलनबाट नेपाली राजनीतिमा सक्रिय हुनुभयो ।

२०४८ सालको आमनिर्वाचनपछि पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नु भएका उहाँ २०५५, २०५६ र २०६२÷६३ को जनआन्दोलनपछि पुनस्थापित प्रतिनिधिसभा मार्फत फेरि प्रधानमन्त्री बन्नुभयो ।

यसैगरी उहाँले तीन पटक पार्टी सभापति बनेर कांग्रेसलाई नेतृत्व दिनुभयो ।

प्रजातन्त्रप्रतिको अविरल आस्था र निष्ठा कोइरालाको नेपाली राजनीतिमा नमेटिने योगदान हुन्।

आफ्नै पार्टीको सरकार भएका बेला सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्तिको बाटोमा डोर्होयाउनु उहाँको अर्को महत्वपूर्ण काम मानिन्छ । मृत्यु शैयामा रहँदासम्म आफैले थालेको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति चिन्तित उहाँको २०६६ साल चैत्र ७ गते निधन भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);