आज सुशिल कोइरालाको दोस्रो स्मृति दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आज सुशिल कोइरालाको दोस्रो स्मृति दिवस

काठमाडौं, २६ माघ । आज नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको दोस्रो स्मृति दिवस हाे। कोइराला ‘सन्त राजनैतिक नेता’का रूपमा पनि परिचित थिए । पार्टी सभापति भएका बेला कांग्रेसलाई ठूलो दल बनाएको तथा नेपालको संविधान २०७२ जारी गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका कारण पनि कोइरालाले राजनीतिमा आफूलाई स्मरणयोग्य तुल्याएका छन् ।

सुशील कोइराला विक्रम सम्बत २०७० साल माघ २७ गते एकैपटक देशको प्रधानमन्त्रीमा निर्वाचित भएका  थिए । त्यति मात्रै हाेईन, चार प्रधानमन्त्री फेरिँदा पनि जारी हुन नसकेको नेपालको संविधान कोइरालकै नेतृत्वमा जारी गरियो ।

त्यही कारण पनि सुशिल कोइराला नेपाली राजनीतिमा स्मरणका अमर पात्र बन्न सफल भए । कांग्रेसको सभापति हुँदा होस् वा प्रधानमन्त्री हुँदा  उनी पारदर्शीतामा विशेष ख्याल राख्ने नेतामध्येमा पर्छन्  । कोइराला प्रधानमन्त्री हुँदा नै ५ हजारभन्दा बढी खर्च गर्नुपरेमा तीन दिनअघि नैं वेवसाइटमा राखेर सार्वजनिक गर्नुपर्ने प्रावधान बनाइएको थियो ।

कांग्रेसभित्रकै उनका आलोचकहरुले कोइरालालाई सादगी भन्दा पनि ढोंगी नेता भन्दै आलोचना गर्ने गर्थे । तर, कोइरालाले प्रधानमन्त्री भएपछि गरेको पहिलो निर्णयबाट नै आफ्ना आलोचकको मुख बन्द गरिदिएका थिए । कोइरालाकै नेतृत्वमा नेपाली कांग्रेस देशको पहिलो शक्ति बनेको थियो ।

तर, अहिले कोइरालाकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन हुँदै नेपाली कांग्रेस दोस्रो पार्टीमा खुम्चनु परेको छ । यतिबेला नेपाली कांग्रेसका कार्यकर्ता भने सुशिल कोइरालाको अभाव महशुस भइरहेको बताउँछन् ।

२०७० माघ २७ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका उनले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । कोइराला २०६७ साल भदौ २५ गतेदेखि कांग्रेसको सभापति भए । उनले स्वदेश र प्रवासमा नेपाली कांग्रेसका नेता बिपी र गिरिजाप्रसाद कोइराला निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए ।

सादा जीवन शैलीका कारण कोइरालाको प्रशंसा कम्युनिष्ट नेताहरुले पनि गर्ने गरेका छन् । उनको २०७२ साल माघ २६ गते निधन भएको थियो । स्वार्थ र आर्थिक लाभमा अल्झिएको राजनीतिले गाँझिएको समाजका लागि कोइराला त्याग र सादगी जीवनका प्रतिमूर्ति हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);