सुशील कोइरालाको स्मृति दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुशील कोइरालाको स्मृति दिवस मनाइयो

sushil koirala

काठमाडौं, २६ माघ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस बिबिध कार्यक्रम गरी मनाइएको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवसरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका हुन ।

२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बन्नुभएको थियो । पार्टी सभापति रहेकै बेला उहाँको निधन भएको हो ।

२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिनुभएको थियो । उहाँको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । उहाँलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);