विभिन्न तीन विधेयक दफावार छलफलका संसदीय समितिमा पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न तीन विधेयक दफावार छलफलका संसदीय समितिमा पठाइयो

६ चैत्र, काठमाडौं । व्यवस्थापिका संसद्को आइतबारको बैठकले बिभिन्न तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ती विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो । स्वीकृत भएका विधेयकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३, प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ रहेका छन् ।

यसैगरी बैठकमा उप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले वस्तु विनियम बजारसम्बन्धी विधेयक २०७३ लाई प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);