उदयपुरमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

उदयपुरमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ५ जना घाइते

accident

उदयपुर, ३ पुस । उदयपुरको उदयपुरगढी गाउँपालिका–३ स्थित जरुवामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

बिहिबार उदयपुरगढीबाट कटारी आउँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षकै मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । जिपमा सवार भारतको सिक्किममा बसोबास गर्ने र उनीहरु आफन्त भेटघाट गरी फर्कने क्रममा दुर्घटनामा परेका बताइएको छ । घाइतेको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको स्थानीयले अनुमान गरेका छन्। जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । घटनास्थल सदरमुकाम गाईघाटदेखि ७० किलोमिटर टाढा रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);