बुलबुले तालको बिस्तारले ताल नै सुक्ने डर | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बुलबुले तालको बिस्तारले ताल नै सुक्ने डर

bulbule taal surkhet

विवशकुमार सेजुवाल
सुर्खेत, ३ पुस । सुर्खेतको मुख्य आकर्षण बुलबुले तालको नाम नसुन्ने कमै होलान् । पर्यटकको रोजाईमा पर्ने यो तालको बिस्तार पनि अहिले ब्यापक रुपमा भईरहेको छ । कर्णाली प्रदेश कै प्रमुख पर्यटकीय स्थल बुलबुले तालको बिस्तारले पर्यटक त खुशी छन्, तर फराकीलो पार्दै लैजादा ताल नै सुक्ने त हैन ? भन्ने त्यहाँका पर्यावरण अभियन्ताले चिन्ता व्यक्त गरेका छन्

कर्णाली प्रदेश कै चर्तित पर्यटकीय स्थल सुर्खेतको बुलबुले ताल बिस्तार र पुनःनिर्माणको काम अहिले धमाधम चलिरहेको छ । संघीय र प्रदेश सरकारको साढे ८ करोड बजेटमा ताल बिस्तार संगै घेरवारको लागी पर्खाल निर्माणको काम द्रुत गतिमा अगाडी बढेको छ । पुनःनिर्माणको काम अघिबढेसंगै ताल घुम्न पुगेका आन्तरिक पर्यटकहरुले पहिले भन्दा अहिले झन राम्रो भएको अनुभव गरेका छन् ।

ताल क्षेत्रमा उद्यान समेत बनिसकेकाले पर्यटकको संख्यामा बृद्धी भइरहेको छ । उद्यानका कर्मचारीका अनुसार सार्वजनिक बिदाका दिन झन्डै ९ सय र अन्य दिन त्यसको आधा जति ताल घुम्न आइपुग्छन् । तर स्थानीयको हिड्ने बाटो बुलबुले ताल उद्यानको बिचमा पर्ने भएकाले समस्या भएको छ । ताल घुम्न आएका पर्यटकले टिकट काटेर त्यहाँ प्रवेश गर्ने भएपनि बैकल्पिक बाटोको ब्यवस्था नहुदा स्थानीय भने टिकट बिना नै उद्यानमा प्रवेश गर्ने गरेका छन् ।

वीरेन्द्रनगर नगरपालीका पनि ताल पुनःनिमार्णको कार्य चलीरहेकाले व्यवस्थापनमा केही समस्या भएको स्वीकार्छ । तर उद्यान निमार्णको कार्यमा तिव्र रुपमा चलीरहेको र पर्यटन बर्ष २०२०को सुरुवात सम्ममा निमार्ण सक्ने योजना भएकाले अहिले देखिएका समस्या समाधान हुने नगरपालिकाको दावी छ ।

यता ताल बिस्तारको काममा तिब्रता आएसंगै पर्याबरणीय अभियान्तले भने चिन्ता व्यक्त गरेका छन् । अहिले कै गतिमा ताल विस्तार गर्न खोजियो भने १० बर्ष पछि सुक्ने अभियान्ताको दावी छ । बुलबुलेलाई मनोरन्जनको रुपमा भन्दा पर्यावरणीय रुपमा बिकास गर्नु पर्ने अभियान्ताको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);