कपिलवस्तुको रामसार क्षेत्रमा सूचिकृत जगदिशपुर तालको संरक्षण भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कपिलवस्तुको रामसार क्षेत्रमा सूचिकृत जगदिशपुर तालको संरक्षण भएन

शम्भु माली
कपिलवस्तु, २९ मंसिर । चराको राजधानीका रुपमा मानिएको कपिलवस्तुको रामसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालको विकास र संवर्द्धनमा लाग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

तौलिहवादेखि ११ किलोमिटर उत्तर कपिलवस्तु–९ मा पर्ने यो ताल करीब १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । नेपालकै सबैभन्दा ठुलो कृत्रिम जगदिशपुर ताल बुद्धस्थल लुम्बिनी घुम्न आउने पर्यटकको लागि नयाँ गन्तव्य स्थल पनि हो ।

तर, पर्यटकलाई लोभ्याउने भेराईटी नुहुँदा आन्तरीक र वाह्य पर्यटकको संख्या यहाँ वढ्न सकेको छैन । यस ताललाई व्यवस्थित र संरक्षणमा विशेष ध्यान आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

जगदिश तालमा १ सय ६७ भन्दा बढी प्रजातिका चरा, आठ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका आठ प्रजातिका चरा पनि यहाँ देख्न पाइन्छ  ।

अहिले तालमा ४४ भन्दा बढी प्रजातिका पानी चरा सजिलै देख्न सकिन्छ । तालमा नेपालमा पाइने २७ प्रजातिका चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा पनि रहेको विज्ञहरुले बताएका छन् ।

जगदिशपुर ताल सिमसार र जैविक विविधताले निकै महत्वपूर्ण छ  । जैबिक विविधताले भरीपूर्ण यो ताल सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा समेत सुचिकृत भएको थियो । तर, पछिल्लो समयमा तिव्र शहरीकरण र कमजोर व्यवस्थापनका कारण सोचे अनुसार सफलता हासिल हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);