बनिनसक्दै भरत तालमा पर्यटककाे भिडभाड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बनिनसक्दै भरत तालमा पर्यटककाे भिडभाड

सर्लाही । अन्तिम चरणकाे काम चलिरहेकै बेला समेत बागमतीको भरत ताल आउने पर्यटककाे भिड लाग्न थालेकाे छ ।

तालको चारैतिर बढ्दै गरेका बिरुवा । पश्चिम किनारतर्फ सय बिगाह क्षेत्रमा हुर्कदै गरेकाे बगौँचा । तालको पश्चिम किनारमा अबिरल बगिरहेने बागमती नदी । उत्तरतर्फ फर्किएर हेर्दा देखिने चुरे श्रृंखला आन्तरिक पर्यटकको लागि लोभलाग्दो दृश्य हुन् । 

तालमा बिहानैदेखि मोटर बोट र मिनिक्रुजले पर्यटकलाई सयर गराइरहेका हुन्छन् । अन्य समयमा पर्यटकको सामान्य उपस्थिति रहे पनि सार्वजनिक बिदा, शनिवार र विभिन्न चाडबाडमा बोट सयर गर्नु भनेकाे निकै ठूलाे उपलब्धि हुने गरेकाे छ । विभिन्न अवसरमा घुम्न आउने पर्यटकले ताल आसपासमा घुँईचो नै लाग्ने गरेको छ । 

यसरी ताल घुम्ने रहर पूरा गर्न धाएर पोखरासम्म पुग्नु पर्ने बाध्यता हटेको ताल भ्रमणमा आएका शंकर भण्डारीले बताए । भण्डारीले भने, ‘विकासको कुरा कतै भयो भने यस तालको नाम पहिले आउँछ । मत यहाँ दर्जन पटक आइसके । अझै पनि मन भरिएको छैन् ।’ 

तालमा भ्रमणका लागि ८० सिट क्षमताको एउटा मिनी क्रुज र दर्जनभन्दा बढी मोटर बोट संचालनमा छन् । एक सय २१ बिगाह क्षेत्रफलमा निर्माण भइरहेको तालको अझै आधा भाग बाँकी रहेकाे ताल प्रसासनले जनाएकाे छ । तालको बिचमा निर्माणधिन होटल र अन्य भौतिक संरचनाको निर्माण तीब्र गतीमा भइरहेको छ । 

ताल निर्माणको क्रममा तीनै तहको सरकारबाट झण्डै ६५ करोडभन्दा बढी लगानी भइसकेको नगरपालिका कार्यालयले जनाएको छ । नगरको गौरवको आयोजनाको रुपमा रहेको यस तालमा अझै निकै रकम लाग्ने नगरका मेयर भरतकुमार थापाले जानकारी दीए । तालको उत्तरतर्फ कैलाश पर्वतको आकार निर्माण गरेर शिवजीको स्ट्याचु राखिने उनले बताए । 

निर्माणकै चरणमा पर्यटकको मन जितेको यस तालले अझै पर्यटक लोभ्याउन सक्ने स्थानीयको भनाइ छ । नगरको आर्थिक उपार्जनमा समेत यसले ठुलो भूमिका खेल्ने नगरको अपेक्षा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);