नक्कली नागरिकता बनाउने ४ जना गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नक्कली नागरिकता बनाउने ४ जना गिरोह पक्राउ

nagarikata

बटुकनाथ झा, धनुषा, २९ मंसिर । प्रहरीले जनकपुरमा नक्कली नागरिकता लगायतका प्रमाण पत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले शुक्रवार प्रत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पछिल्लो समयमा जनकपुरमा नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्यु दर्ता, बसाई सराई लगायतका नक्कली प्रमाणपत्र बन्ने गरेको खुलासा भएको छ । धनुषा प्रहरीले शुक्रवार ४ जना प्रमाणपत्र बनाउने गिरोहलाई सार्वजनिक गरेपछि यस्तो रहस्य वाहिर आएको हो ।

प्रक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठाका रोशन कुमार चौधरी, औरही गाउँपालिका–५ का वडा सदस्य गंगा साह, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यालय सहयोगी पदमा कार्यरत महाविर मण्डल तथा रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका–४ का हेमन्त कुमार पाण्डे छन् ।

प्रक्राउ परेकाहरुको कोठाबाट नेपाली नागरिकताको खाली र भरेको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, प्रशासकिय अधिकृतको छाप, लगायत प्रमापत्रका लागि चाहिनै सवै सामानहरु समेत वरामद् गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीले प्रक्राउ गरेका ४ मध्ये १ जना जिल्ला प्रशासन कार्यालय, धुनषामा सहयोगी पदमा कायरुत महाविर मण्डल समेत प्रक्राउ परेपछि प्रशासनका अन्य कर्मचारीहरुको समेत संलग्नता हुन सक्ने आशंका गरेको छ । यसका विषयमा छानविन शुरु गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेलले जानकारी दिए ।

यसरी, नक्कली नागरिकता बनाउने गिरोहनै समातिएपछि तराईमा नागरिकता दुरपयोगको घट्ना वढ्दोलाई थप पुष्टी गरेको छ । पक्राउ परेकाहरुलाई ऐन अनुसार कारबाही गरिने धनुषा प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);