विश्व सिमसार दिसवको अवसरमा कपिलवस्तुमा पनि सिमसार दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विश्व सिमसार दिसवको अवसरमा कपिलवस्तुमा पनि सिमसार दिवस मनाईयो

कपिलवस्तु, २० माघ । विश्व सिमसार दिसवको अवसरमा मगंलबार कपिलवस्तुमा पनि सिमसार दिवस तथा चरा महोत्सव २०७७ मनाईएको छ ।सिमसार दिवसको उपलक्ष्यमा कपिलवस्तुको जगदीशपुर ताल क्षेत्र वरपर सीमसार तथा चरा सम्वन्धी जनचेतना लगायतका कार्यक्रमहरु सम्पन्न भएको हो ।

स्थानीय जगदीसपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च महोत्सव पनि आयोजना गरिएको छ । कार्यक्रममा बिभिन्न किसिमका थारु संस्कृति कला प्रस्तुत गरिएको थियो ।

विश्व सिमसार क्षेत्रको सुचीमा सुचीकृत रहेको जगदिशपुर ताल भित्र १३ प्रजातिका जलीय वनस्पति, २५ प्रजातिका माछा, १८ प्रजातिका स्तनधारी, ४२ प्रजातिका पंक्षीहरुहरुको बसोबास रहेको छ । त्यसैगरी ८ प्रजातिका वर्षायाममा वसाई सरेर आउने घडियाल गोही जस्ता ठुला घस्रिने जन्तुहरु पनि जगदिशपुर तालमा पाईन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);