प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगञ्ज यूनिटीले जित हासिल | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगञ्ज यूनिटीले जित हासिल

नितेश कर्ण

बीरगञ्ज, २० माघ । समता समाज नेपाल निचुटा द्वारा पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कप को आजको खेलमा बीरगंज यूनिटीले जित हासिल गरेका छन। बीरगंजले ट्राई ब्रेकरमा झारखण्ड यूवा क्लब देउरियालाई पराजित गरी क्वाटर फाइनलमा प्रबेश गरेका छन।

खेलको निर्धारण गरिएको समयमा दुबै टिमका तर्फबाट एक एक गोल गरी बराबरीमा टुङ्गिएका थियो। देउरियामा जर्सी नं १६ अन्जन चौधरीले गोल गरेका थिए भने बीरगंजका जर्सी नं १५ देवा गुरुङले गोल गरेका थिए।

आज भएको खेलमा बीरगंज यूनिटीका गोल किपर सरोज तामाङलाई मैन अफ दी मैच घोषित भए। तामाङलाई पटेर्वासुगौली गाउँपालिका वडा नं १ का वडाध्यक्ष फरमान मियाले नगद दुई हजार सहित ट्रफी प्रदान गरेका थिए।

भोलीको पहिलो क्वाटर फाइनल खेल बसन्तपुर यूनाईटेड चितवन र एफ सी मुन्डियाल क्लब हेठौडा मकवानपुरको बीच हुने आयोजकले जनाएका छन।

Leave a Reply