वसन्तपुर यूनाईटेड चितवन प्रथम पटेर्वासुगौली गोल्डकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

वसन्तपुर यूनाईटेड चितवन प्रथम पटेर्वासुगौली गोल्डकपको सेमिफाइनलमा

नितेश कर्ण
वीरगञ्ज, २१ माघ ।
समता समाज नेपाल निचुटाद्वारा पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमिफाइनलमा प्रवेश गरेको छ ।

चितवनले एफ सी मुन्डियाल क्लब हेठौडालाई ३ को विरुद्ध ४ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका हो ।

आज भएको खेलमा बसन्तपुर यूनाईटेड चितवनका रोशन खत्रीले ३ र सुरज लामिछानेले १ गोल गरे । त्यस्तै हेठौडाका बिश्व लामाले २ र समीराज ठोकरले एक गोल गरेका थिए। आजको खेलको मैन अफ दि म्याच चितवनका रोशन खत्री घोषित भए ।

भोलीको खेल वीरगञ्ज यूनाईटेड र बागमती फूटबल क्लब सर्लाहीबीच हुने आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);