फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पीएसजीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पीएसजीको सहज जित

एजेन्सी, २२ माघ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक÷एक गोल गरे । खेलको १८ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३६ औं मिनेटमा सराबियाले गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । त्यसपछि खेलको ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए । जितसँगै पीएसजीले २३ खेलमा ४८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);