'सी’ डिभिजन लिगमा बीरगञ्ज युथ र चर्च ब्वाइज युनाईटेडको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘सी’ डिभिजन लिगमा बीरगञ्ज युथ र चर्च ब्वाइज युनाईटेडको लगातार दोस्रो जित

बीरगञ्ज, ४ चैत। सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा बीरगञ्ज युथ युनाईटेड र चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बीरगञ्जले लगातार दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा बीरगञ्जलाई जित दिलाउन कृष्ण शाक्यले निर्णायक गोल गरे । बुधबार नै प्लानिङ ब्वाइज युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्चले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजका सोम थापा, साइमन लिम्बुले र इन्द्रजङ लिम्बुले १–१ गोल गरे । अग्रता दिलाएका थिए ।

प्लानिङ ब्वाइज युनाईटेडका लागि कृष्ण गिरीले गोल गरे । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);