७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार

yubraj dai

काठमाडौं, २३ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको सबै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने नीति अनुरुप सरकारले काम गरिरहेको बताए । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिंदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने गरि काम भईरहेको जानकारी दिए ।

उनले ७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भईसकेको र चैत मसान्त भित्र ३० वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भईसक्ने बताए । उनले यसै आर्थिक बर्षभित्र सबै तहमा वाणिज्य बैकको शाखा विस्तार हुने विश्वास आफुले लिएको बताए ।

मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाउँपालिकामा इजाजत प्राप्त बैकको शाखा कहिले सम्म खुल्छ ? र सबै गाउँपालिकाहरुमा बैक सेवा कहिले सम्म पुग्छ भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री खतिवडाले लक्ष्मी बैकले लेकमा शाखा स्थापना गरि संचालन गरिरहेको र यसै आर्थिक बर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भईरहेको बताए ।

गाउँपालिकाको केन्द्रमा नै शाखा खोल्नु उपयुक्त हुने भनेर आफुहरुले बैकहरुलाई भन्ने गरेको भएपनि स्थानीय तहको सुगमता, आर्थिक क्रियाकलाप र कारोवारको अवस्था हेरेर बैकका शाखा स्थापना हुने तर्फ पनि विचार पुर्याउनुपर्ने उनले बताए ।

सांसद राम बहादुर विष्टले जेष्ठ नागरिकले भत्ता बुझ्न बैक खाता खोल्नुपर्ने र पैसा बुझ्न बैंक सम्म पुग्नुपर्ने बाध्यताका कारण दुर्गम स्थानमा समस्या भएको भन्दै वडावडा र दैलो दैलोमा जेष्ठ नागरिकलाई भत्ता पु्याउने व्यवस्था हुन सक्छ सक्दैन भनी प्रश्न गरे ।

जवाफमा मन्त्री खतिवडाले त्यसका लागि पुर्वाधारको विकास गर्दै जानुपर्ने बताए । सांसद विरोध खतिवडाले निजी बैंकले प्रत्येक गाउँपालिकामा पुग्ने प्रतिवद्धता गरेपनि कार्यान्वयमा उदासिनता देखाएकाले आर्थिक बर्षभरिमा सबै स्थानिय तहमा बैंकका शाखा पुग्नेमा मन्त्री ज्यु विश्वस्त हुनुुहुन्छ ? भनी प्रश्न गरेका थिए ।

सांसद प्रेम सुवालले निजी बैंक दुर्गममा पुग्न सक्ने सरकारी नसक्ने ? के सरकारी बैक नीजि भन्दा कमजोर भईसकेको हो ? भनी प्रश्न गरेका थिए ।

सांसद डिला संग्रौला पन्त, दिव्यमणि राजभण्डारी र गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जाँदा नेपालीलाई दिएको सटही सुविधा २ हजार ५ सय डलरबाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन भनि प्रश्न गरेका थिए ।

मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको भन्दै उनले सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको जवाफ दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);