सभापतिको कार्यक्षेत्र बढाउने बिषयलाई लिएर कांग्रेसमा विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभापतिको कार्यक्षेत्र बढाउने बिषयलाई लिएर कांग्रेसमा विवाद

nepali congress

प्रकाश ढकाल
काठमाडौं, २२ असोज । नेपाली कांंग्रेसको विधान संशोधन मस्यौदा समितिमा सभापतिको कार्यक्षेत्रको विषयमा मतभेद देखिएको छ । देउवा पक्षले सभापतिको कार्यक्षेत्र तथा भूमिका बढाउने तयारी गरिरहँदा पौडेल–सिटौला पक्षले भने सभापतिलाई शक्तिशाली बनाउने भन्दा पनि सामुहिक नेतृत्वमा लैजानुपर्ने अडान राखेको छ ।

देशको सबैभन्दा पुरानो पार्टी नेपाली काँगेसले देश संघीय संरचनामा गएको लामो समयपछि संघीय संरचना अनुरुप पार्टीलाई संगठित गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यीय विधान संशोधन मस्यौदा समितिको गठन गरेको थियो ।

संघीय पुनर्संरचना सहित विधान संशोधन गर्ने उद्देश्यले आफ्नो कार्यविधि स्वयं समितिले नै तयार गरेको थियो । नेपाली काँग्रेसको सभापतिलाई शक्तिशाली बनाउने वा सामुहिक नेतृत्वमा लैजाने भन्ने विषयमा आन्तरिक दुई पक्षिय अन्तर्संघर्षका कथाहरु पुनरावृति हुन थालेका छन् ।

पार्टी एकलौटी ढङ्गले सञ्चालन गर्दा अधिनायकवादी प्रवृत्ति हावी हुन्छ भनेर सभापतिलाई शक्तिशाली नबनाउन पुरानो संस्थापन पक्ष लागेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);