छलफलका लागि कांग्रेसमा प्रारम्भिक विधान मस्यौदा तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

छलफलका लागि कांग्रेसमा प्रारम्भिक विधान मस्यौदा तयार

प्रकाश ढकाल
काठमाडौं, ६ असोज । नेपाली कांंग्रेसले संघीय संरचना अनुरुप पार्टीको विधान संशोधन गर्न गठन गरेको एघार सदस्यीय विधान संशोधन मस्यौदा समितिले छलफलका लागि प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

संशोधित विधान मस्यौदामाथि छलफल गर्न देशव्यापी रुपमा सात वटा प्रदेशका बाह्र स्थानमा नेपाली काँग्रेसले छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

देशको सबैभन्दा पुरानो पार्टी नेपाली काँगेसले देश संघीय संरचनामा गएको लामो समयपछि भदौ ७ गते संघीय संरचना अनुरुप पार्टीलाई संगठित गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित १३ सदस्यीय विधान संशोधन मस्यौदा समितिले प्रारम्भिक मस्यौदाको अन्तिम खाका तयार गरेको छ ।

संघीय पुनर्संरचना सहित विधान संशोधन गर्ने उद्देश्यले आफ्नो कार्यविधि स्वयं समितिले नै तयार गर्ने गरी काम सुरु भएको थियो । विधान संशोधन मस्यौदा समितिको निर्णयमा नेपाली काँग्रेसको आन्तरिक दुई पक्षिय अन्तर्संघर्षका कथाहरुको पुनरावृतिका लक्षणहरु प्रशस्त देखिएपनि अन्ततः सर्वसम्मत रुपमा प्रारम्भिक मस्यौदा स्वीकृत गरिएको छ।

संघीय संरचनामा देश गएपछि स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा नेपाली काँग्रेसको जिम्मेवारी बाँडफाँड हुन नसक्दा काँग्रेसभित्र कार्यकर्ता पंक्तिको तिब्र असन्तुष्टि रहेको थियो । तीनै तहको निर्वाचनमा हार व्यहोरेको कांग्रेसले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी विधान संशोधनको तयारी गरेको छ ।

विधानमा वीपी कोइरालाका विचारलाई पूर्ण केन्द्रविन्दुमा राखेर संघीयता बमोजिम केन्द्रीय समितिदेखि गाउँ टोल समितिसम्म ८ वटा तह निर्माण गरिने भएको छ । मस्यौदामा ७७ जिल्लाबाट प्राप्त सुझाव, हेटौंडामा भएको सभापतिहरूको भेलाबाट प्राप्त सुझावलाई समेत समेटिएको छ ।

आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उद्देश्यका साथ विधान संशोधनको तयारी गरेको नेपाली काँग्रेसले पार्टी भित्रका आन्तरिक समस्याहरुको समाधान कसरी गर्छ त्यो भने हेर्न बाँकी छ ।