अाेली सरकार असफल भइसकेको महतोको अाराेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

काठमाडौं, १७ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् ।

राजपाले बुधवार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मण्डलका सदस्य महतोले जनताले यो सरकारबाट धेरै आशा र भरोसा राखे पनि त्यो निराशामा परिणत भएको बताए ।

उनले संविधान संशोधन गर्ने आसमा वर्तमान सरकारसँग मित्रता गाँसेको भन्दै त्यो समर्थन कायम राख्ने वा तोड्ने वर्तमान सरकारको नेतृत्वकर्ताको हातमा रहेको बताए ।

अध्यक्ष मण्डलका सदस्य महतोले कंचनपुरकी निर्मला पन्त वलात्कार र हत्याको घटनामा संलग्नलाई वचाउन जानीजानी प्रमाण नष्ट गरी रक्षक प्रहरीनै भक्षक वनेको आरोप समेत लगाए ।

अध्यक्ष मण्डलका सदस्य महतोले सरकारका पछिल्ला गतिविधी प्रति राजपाले चाडपर्व सकिए लगतै आन्दोलन गर्ने समेत चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);