ओलीले 'सुखी नेपाली समृद्ध नेपाल' को नारा दिएको पुग्यो बर्ष दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा दिएको पुग्यो बर्ष दिन

pm oli

काठमाडौं, ३ चैत । मै ल्याउछु समृद्धि भनेर प्रधानमन्त्री केपी ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा दिएको बर्ष दिन भइसकेको छ । प्रधानमन्त्रीको यहि सपना पुरा गर्न केपी ओलीले आफुसंग भएका मध्ये राम्रा र अब्बल मानिसलाई मन्त्रीपरिषदमा सामेल गराएका छन् तर के सरकार समृद्धि हासिल गर्ने दिशामा अघि बढेको छ त ?

दुइ तिहाई मत प्राप्त गरेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपछि अचेल मन्त्रीपरिषदमा रहेका सदस्यहरु हेरफेर गर्ने कुरा चर्को रुपमा उठन थालेको छ । सरकार गठन भएको बर्ष दिन पुरा भइसकेको र मन्त्रीपरिषदमा रहेका कतिपय सदस्यले राम्रो काम गर्न नसकेको भनेर आरोप लाग्न थालेपछि मन्त्री हेरफेरको चर्चा चलेको हो । सरकारले राम्रो काम गर्न सकेन भनेर आम मानिस र वुद्धिजीविले गुनासो समेत गर्न थालेपछि स्वयम प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीको कामको आफुले मुल्यांकन गरिरहेको समेत बताएका थिए ।

सरकार बनेको बर्ष दिन पुरा भइसक्दा पनि कुन मन्त्रीले कस्तो काम गरे भन्ने तटस्थ मुल्यांकन त कतै भएको छैन तर सरकारको कामबाट आममानिसले चित्त भने बुझाएका छैनन् । आम मानिसले पनि चित्त नबुझाउने तथा प्रधानमन्त्रीले मन्त्रीको कामको मुल्यांकन गर्दैछु भन्नुले मन्त्रीपरिषदमा रहेका सदस्य समेत भयभीत देखिन्छन् । नेपालमा अहिले अपनाइएको संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने र प्रधानमन्त्रीले चाहदा जतिवेला पनि मन्त्री राख्न वा झिक्न सक्ने भएकोले पनि मन्त्रीहरु प्रधानमन्त्रीसंग भयभीत भएका छन् । कतिसम्म भने मन्त्रीपरिषदमा नै रहेका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले प्रधानमन्त्रीले चाहदा जुनसुकै दिन हटाउन सक्छन भन्ने कुरा स्विकारेका छन् । मन्त्री पुनले सरकारमा रहदासम्म राम्रो काम गर्ने भन्दै अन्य मन्त्रीलाइ पनि यसै गर्न र मन्त्रीपरिषदबाट हटछु कि भन्ने भयबाट मुक्त हुन सुझाव दिएका छन् ।

संसदीय परिपाटीमा प्रधानमन्त्री हावी हुने भएकोले मन्त्रीहरु प्रधानमन्त्री प्रति जवाफदेही हुन्छन् । आफनो टिममा काम मिल्ने र राम्रो काम गर्न सक्ने मानिसलाइ प्रधानन्त्रीले आफनो टिमको साथी बनाउछन् । तर, बर्ष दिनसम्म सरकार चलिसकेपछि स्वयम प्रधानमन्त्री भने आफनो मन्त्रीपरिषदको वारेमा आफैले कस्तो मुल्यांकन गरेका छन त? आम जनताले सरकारको कामबाट सन्तुष्टि नपाएपछि प्रधानमन्त्रीले आफनो काम र मन्त्रीको कामको वारेमा मुल्यांकन गर्नुपर्छ । यसमाथि प्रधानमन्त्री केपी ओलीले मन्त्रीको कामको मुल्यांकन आफै गर्छु भनेपछि प्रधानमन्त्रीको निष्कर्ष चाहि के आएको छ त?

प्रधानमन्त्रीको पछिल्लो भनाइले जुन मन्त्रालय खाली छ,त्यो ठाउँमा नयाँ मन्त्री मात्र राखिनेछ । तर, समग्रमा मन्त्रीपरिषदको मुल्यांकन गरेर मन्त्रीमण्डल भने पुर्नगठन गरिने छैन । तर, समृद्धिको सपना देखेको सरकारले पहिलो बर्षलाई समृद्धिको आधार बर्ष भनेको छ भने के यो पहिलो बर्षमा समृद्धिको लागि आधारभुमि तयार भयो त? अहिले आम मानिसले प्रधानमन्त्रीलाइ सोधिरहेको प्रश्न यहि हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);