लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

lal ayog-rajapa

काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टीले मधेश आन्दोलनको बिष्यमा पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाकी सांसद चन्दा चौधरीले मधेस आन्दोलनकोे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले आफुहरुले लामो समय देखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भईसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सभामुख कृष्ण बहादुर महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र त्यसमा सरकारले जवाफ दिने आश्वाशन दिएपछि राजपाका सांसदहरु आ आफनो स्थानमा बसेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);