राजपाद्वारा लोकसेवाको विज्ञापन सच्याउन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजपाद्वारा लोकसेवाको विज्ञापन सच्याउन सरकारको ध्यानाकर्षण

raj kishor yadav

काठमाडौं, २० जेठ । राजपा नेपालले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न / गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आव्हान गरेको दावी समेत गर्नुभयो ।

सांसद यादवले मधेश आन्दोलनको छानबिन गर्न सर्बाेच्च अदालतका पूर्व न्यायाधीस गिरिसचन्द्र लालको नेतृत्वमा गठित आयोगले दिएको प्रतिबेदन सार्वजनिक गर्न माग समेत गर्नुभयो । संसदमा रुलिङ हुँदा समेत सरकारले संसदको मर्यादा नराखेको उहाँको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);