सांसदद्वारा शुन्य समयलाई प्रभावकारी बनाउन सभामुखको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सांसदद्वारा शुन्य समयलाई प्रभावकारी बनाउन सभामुखको ध्यानाकर्षण

sabhamukh mahara

काठमाडौं, २३ जेठ । सांसदहरुले आफूहरुले उठाएका बिषयमा सरकारबाट सुनुवाई नभएको भन्दै शुन्य समयलाई प्रभावकारी बनाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा सांसद विरोध खतिवडाले शुन्य समयमा उठेका विषयहरुको सरकारले सम्बोधन नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले आफूहरुले उठाएका बिषयबस्तुको सुनुवाई नहुँदा सुन्य समयको अर्थ नै नभए जस्तो भएको उल्लेख गर्नुभयो ।

बैठकमा सांसद सांसद लक्ष्मी परियारले सिंहदरवारका संसद सचिवालयका कर्मचारीले तलब सुविधाको अतिरिक्त ५० प्रतिशत प्रोत्साहन भत्ता प्राप्त गरेका तर संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले नपाएको भन्दै समान व्यवहार गर्न सचिवालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले लोकसेवा आयोगको विज्ञापनमा समावेशी समानुपातिक प्रणाली नअपनाईएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो

त्यसैगरी सांसद बिमला विश्वकर्मा र सरवत आरा खानमले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै यथासिघ्र खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बोधमाया कुमारी यादवले धान खेती लगाउने समय नजिकिदै गर्दा किसानले मल र बिउविज नपाएका भन्दै यथासिघ्र मलको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);