प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कसले के भने ?

काठमाडौं, २० जेठ । सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद डिला संग्रौला पन्तले बैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसिया जान रोक लगाउँदा लाखौ युवाहरु अलपत्र परेको भन्दै श्रम तथा रोजगार मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुलामा जेठ ११ गते राती भएको सांघातिक हमलामा श्रीमान् श्रीमती विरमान र द्रौपती महरको मृत्यु भएको तथा सो घटनामा संलग्न दोषि अहिले सम्म पत्ता लाग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देव प्रसाद गुरुङले नेपालस्थित अन्य विदेशी भोलेन्टियरका लागि एक बर्षको र अमेरिकन भोेलेन्टियरका लागि २ बर्षको भिषाको व्यवस्था गरिएको भन्दै सबै विदेशीलाई समान नीति व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देव प्रसाद तिमिल्सिनाले बैशाख २६ गते आएको असिना पानीले रौतहटको विन्द्रावन नगरपालिकाको वडा नम्बर १ २ ३ र चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० का २ हजार ८ सय घरमा क्षति पुगेको तथा २ हजार ८ सय विगाहामा लगाईएको अन्नबाली नष्ट भएकाले तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पदमनारायण चौधरीले लाहान नगरपालिकामा बर्षौ अघि सुरु भएको नगरविकास योजना राजनीतिकरणमा परि अहिले सम्म सम्पन्न हुन नसकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पार्वती डिसी चौधरीले सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीलाई सार्वजनिक समारोहमा बोल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएर यातना दिने काम गरेको भन्दै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति का साथै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद नवराज सिलवालले कलंकी–कोटेश्वर सडक खण्ड सवारी दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै उहाँले सवारी दुर्घटना कम गर्ने गरि प्रभावकारी ट्राफिक व्यवस्था मिलाउन गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुर्णा कुमारी सुवेदीले १२ बर्ष अघि सुरु गरिएको बाँकेको साप्ती सोनाली क्षेत्र अन्तर्गतको ग्रामिण विद्युतिय आयोजना अहिले सम्म पनि सम्पन्न हुन नसकेको तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश रसाईली स्नेहीले धर्म प्रचारकको रुपमा चिनिदै आएको दक्षिण कोरियाको काङनाङ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्झौता र काङनाङ विश्वविद्यालयले प्रधानमन्त्रीलाई दिएको विद्यावारिधीको उपाधीबारे सरकारको आधिकारीक धारणा माग गर्नुभयो ।

सांसद प्रमिला राईले मुलुकभर हत्या हिंसा र भ्रष्टाचारका घटना बढीरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बालकृष्ण खाँडले सोलुखुम्बु जिल्लाका विभिन्न नगरपालिकाहरुले विद्यालयका शिक्षकहरुको विधि र प्रक्रिया विपरित मनपर्दी सरुवा गरिरहेको भन्दै उनीहरुको मनपर्दी सरुवा सच्याउन माग गर्नुभयो । उहाँले देशभरी नै भईरहेको मनपर्दी सरुवा रोक्न पनि माग गर्नुभयो ।

सांसद प्रमोद शाहले लोकसेवा आयोगले जेष्ठ १५ गते आव्हान गरेको विज्ञापन गैह्र संबैधानिक भएको भन्दै आपत्ती जनाउनुभयो । उहाँले विज्ञापन सच्याएर समावेशी बनाउन आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);