प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कसले के भने ?

काठमाडौं, १० असोज । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रको समस्या र राष्ट्रिय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद देव गुरुङले भदौ २७ गतेको बाढी पहिरोले लमजुङको उत्तरी भेगका ठाउँ ठाउँमा बाटो अवरुद्ध भएको भन्दै तत्काल सडक सञ्चालनको व्यवस्था मिलाउन भौतिक योजना मन्त्रालय तथा सडक विभागको ध्यानाकर्षण गराए ।

सांसद देव प्रसाद तिमिल्सिनाले रौतहको चन्द्रनिगाहापुरमा संझना कुमारी दास र सुनिता कुमारी दासलाई एसिड प्रहार गर्ने दोषिलाई हदै सम्मको कारवाही गर्न माग गरे ।

सांसद धर्मशिला चापागाईले हिंसाका घटना हुनुको कारण खोजी चेतनामुलक पाठ्यक्रमको विस्तार गर्नुपर्नेमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद नारायण प्रसाद खतिवडाले नुवाकोट जिल्लाको त्रिशुली अस्पताल लगायत अन्य ३ वटा क्षेत्रिय अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नभएको भन्दै डाक्टरलाई काजमा सरुवा गर्ने ऐनबारे सरकारसंग जवाफ माग गरे ।

सांसद पार्वति डिसी चौधरीले दशैंको मुखमा आएर मुल्यवृद्धि गरेर दशैंमा सरकारले जनतालाई मुल्यवृद्धिको उपहार दिएको भन्दै त्यसको विरोध गरे ।

सांसद बालकृष्ण खाँडले सर्वोच्च अदालतले समेत विद्यालय कर्मचारीको सेवा र सुविधालाई सुनिश्चित गर्न दिएको आदेशको वेवास्ता गर्दै सरकारले विद्यालयका कर्मचारीलाई उचित तलब र सुविधा उपलब्ध नगराएको भन्दै त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);