पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न प्रचण्डकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न प्रचण्डकाे आग्रह

prachanda-dahal

काठमाडौं, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधि गतिविधि भईरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले पुरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गईरहेको बताए ।

अध्यक्ष प्रचण्डले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यक्तामा जोड दिए । उनले नाफाको सुनिश्चित हुने ग्यारेन्टी राज्यले गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्ने बताए ।

अध्यक्ष दाहालले सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यामको रुपमा मात्रै लिन नहुने बताए । उनले मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);