विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेजीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेजीको माग

काठमाडौं, २२ कात्तिक । उद्योगी व्यवसायीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेज गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले अन्तःशुल्क ऐन व्यवसायीहरुको हितमा नरहेको भन्दै तत्काल परिमार्जन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रको समुन्नतिमा योगदान दिन सक्ने कानुन निर्माण गर्न सरकारसँग माग गरिएको बताए । उनले कानुनमा समय सापेक्ष सुधार नभएकै कारण मुलुकको उद्योग÷ व्यवसाय फष्टाउन नसकेको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरुलाई समस्या पार्ने सबै खालको कानुन संशोधन र खारेज गर्न माग गरे । उनले उद्योग संचालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया सम्बन्धि कानुनमा हुने जटिलता तत्काल हटाउन पनि सरकारसँग आग्रह गरेका छन् ।

उद्योगी व्यवसायीहरुले जग्गा प्राप्ती ऐन, निकासी पैठारी नियन्त्रण ऐन, बोनस ऐन, वातावरण संरक्षण नियमावली समय सापेक्ष परिवर्तन गर्न नसके नेपालको उद्योग, व्यवसाय झनै जटिलतामा फस्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);