सांसदहरुद्धारा देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सांसदहरुद्धारा देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण

samsadh

काठमाडौै, १८ भदौ । सांसदहरुले देशको समसामयीक विषय र आफ्नो निर्वाचन क्षेत्रसंग सम्वन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधिसभाको सोमबारको शुन्य समयमा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भईरहेको भन्दै सरकारको बचाउ गरे ।

नेपाली काँग्रेसका सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरे । त्यसैगरी सत्तारुढ दल नेकपाकी सांसद आशा कुमारी विकले बझाङ जिल्लाको कतिपय स्थानीय तहमा अझै पनि बैकिङ सु्विधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काँग्रेसकी सांसद उमा रेग्मीले राष्ट्रिय पोशाकका रुपमा पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीको व्यवस्था सरकारले अचानक हटाएको भन्दै राष्ट्रिय पोशाक कायम गर्न माग गरे । प्रतिनिधिसभाको शुन्य समयमा वोल्ने अधिकांस सांसदहरुले समसामयीक विषयमा गम्भिर वन्न सरकारलाई आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);