'पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन मन्त्री अधिकारीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन मन्त्री अधिकारीको आह्वान

rabindra adhikari

काठमाडौं, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सरकारसँग सहकार्य गरेर अघि बढ्न पर्यटन व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष, २०२० लाई ध्यानमा राखेर सरकारले पोखरा र चितवनको सौराहामा पर्यटक वर्ष पार्क स्थापना गर्न लागेको बताए । उनले काठमाडौंमा पनि पर्यटक बस पार्क स्थापना अति आवश्यक रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मन्त्री अधिकारीले पर्यटक सेवालाई प्रभावकारी बनाउन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक बस सेवाको उचित व्यवस्था गर्न लागेको बताए । पर्यटकका लागि प्रभावकारी सेवा उपलब्ध गराउने व्यवसायीलाई मुनाफाको सुनिश्चित गराउने जिम्मेवारी सरकारले लिने मन्त्री अधिकारीको भनाई छ ।

नेपाल पर्यटन यातायात व्यवसायी संघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाउन सरकारले पहल गरिरहेको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);