बीस लाख पर्यटक भित्राउने लक्ष्य पूरा गर्ने अभियानमा सहयोग गर्न पर्यटन मन्त्री अधिकारीको सबैसंग आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बीस लाख पर्यटक भित्राउने लक्ष्य पूरा गर्ने अभियानमा सहयोग गर्न पर्यटन मन्त्री अधिकारीको सबैसंग आग्रह

rabindra adhikari

काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा बीस लाख अन्तराष्ट्रिय पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न सबैलाई पहल गर्न आह्वान गरेका छन् ।

बिश्व पर्यटन दिवसको अवसरमा बिहिवार राजधानीमा आयेजित एक कार्यक्रममा मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सूचना र प्रविधिको प्रयोगमा अधिकतम पहल गरिरहेको बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई जोड दिएको उल्लेख गरे । मन्त्री अधिकारीले १ वर्ष भित्र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने घोषणा पनि गरे । सन् २०२० भित्र १ अरव ६० करोड पर्यटकले विश्व भ्रमण गर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री अधिकारीले उनीहरुलाई नेपाल आउने वातावरण बनाउन सरकार लागि परेको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);