प्रधानमन्त्रीले भने- 'विप्लव नेतृत्वको नेकपा लुटेरा समूह हो' (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीले भने- ‘विप्लव नेतृत्वको नेकपा लुटेरा समूह हो’ (भिडियोसहित)

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लुटेरा समूहको संज्ञा दिएका छन् । उनले विप्लव समुहले देशमा आतंक फैलाउँदै हिंडेको आरोप लगाए । प्रधानमन्त्रीले  विप्लव समुहलाई नेकपा भन्न पनि लाज हुने बताउँदै भने ‘हुँदा पनि हैन नेकपा । विप्लव समुह भन्ने छ एउटा । लुट्नका लागी ।  लुट्नका लागि भए पनि नेकपाको बर्को त फ्याँक कमसेकम । आफूले पनि नेकपा भन्नु परेको छ । त्यस्ताले पनि नेकपा भन्दै हिड्या छ । बेइज्जत भइसक्यो नेकपा भन्न । म भन्न चाँहन्छु उहाँहरुलाई । म उहाँहरुका पर्चा पनि पढेको छु । बन्दुक गोली, लिएर हिंड्ने, चन्दाकाे नाममा मान्छे लुट्ने, मान्छेको हत्या गरेर हिंड्ने, विस्फोट गराएर हिंड्ने अनि कम्युनिष्ट पार्टीको नाम राख्ने ? कमसेकम कम्युनिष्ट पार्टीको नाम राख्न बन्द गर । लुटेरा समुह नाम राख । लुटेरा समुह विप्लव राखेपनि हुन्छ वा प्रकाण्ड लुटेरा समुह नाम राखे पनि हुन्छ ।’

प्रधानमन्त्रीले यस्ताे बाटो छाडेर शान्ति प्रक्रियामा आउन विप्लव समुहलाई आग्रह गरेका छन् । ओलीले विप्लवलाई सुन्ने गरी भन्न चाहन्छु भन्दै भने ‘सरकारले यो देशमा शान्ति सुरक्षा कायम गरेर छाड्ने छ । सरकारले मुलुकको शान्ति सुरक्षाको लागि लुटपाटमा संलग्नहरुमाथि कडा कार्वाही गर्छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी राजनीति छोडेर मूलधारमा आएका सीके राउतलाई आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग तुलना गरेका छन् ।

शुक्रवार राजधानीमा आयोजित राउत नेतृत्वको पार्टी स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमती घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डले जस्तै मूलधारको राजनीतिमा आउन असाधारण क्षमता देखाएको भन्दै राउतको प्रशंसा गरे ।

उनले राउतको जस्तो असाधारण निर्णय क्षमता यस अघि प्रचण्डले मात्रै देखाएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने अध्यक्ष प्रचण्डले हतियारको राजनीति गरिरहेको तत्कालीन माओवादीलाई मूल धारको राजनीतिमा ल्याउने, संविधान निर्माण गर्ने लगायतका आधारण कामको नेतृत्व लिएको बताए । ओलीले राउत मूलधारको राजनीतिमा आउने सहमतिले मुलुकको राष्ट्रिय एकतालाई झनै सुदृढ बनाएको उल्लेख गरे ।

कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनका नेता राउतले सरकारसँग गरिएको सहमति ऐतिहासिक भएको बताए । उनले शान्तिपूर्ण रुपमा मुलुकको समृद्धिको अभियानलाई सफल बनाउन आफूले सो सहमति गरेको पनि स्पष्ट पारे । राउतले मधेशको माग लोकतान्त्रिक विधिद्धारा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);