विप्लवलाई वार्ताबाटै सहमतिमा ल्याउनुपर्छ : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विप्लवलाई वार्ताबाटै सहमतिमा ल्याउनुपर्छ : कांग्रेस

bishowprakash

काठमाडौं, २९ फागुन । सरकारले राष्ट्रिय सहमतिका साथ नेतृत्व गर्ने सामर्थ्य नदेखाएको कांग्रेसले आरोप लगाएको छ । बुधवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि प्रवक्ता विश्वप्रकाश शर्माले सशस्त्र युद्धबाट आएको पहाडजत्रो माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याउको भन्दै वर्तमान सरकारको नेतृत्वले एउटै सिद्धान्तमा हिड्ने विप्लवलाई समेत सम्झाउने सामर्थ्य नदेखाएको टिप्पणी गरे ।

विप्लवलाई प्रतिबन्ध लगाएकोप्रति असहमति राखेका शर्माले वार्ता र संवादमार्फत राजनीतिक मुद्धा हल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रवक्ता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयका लागि विप्लवको समेत योगदान रहेको भन्दै उपलब्धी रक्षामा सहकार्य गर्न सबैलाई आग्रह गरे । शर्माले सरकारले सीके राउतसँगको संझौताको दोस्रो बुँदाले विवाद ल्याएको भन्दै त्यो बुँदा सच्याउन वा दुबै पक्षको साझा धारणा सार्वजनिक गर्न आग्रह गरे ।

प्रवक्ता शर्माले भावना वा आवेशबाट राष्ट्रिय नेतृत्व सम्भव नभएको भन्दै अभ्यास बदलेर सहमति र सहकार्यको संकृतिमा चल्न आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);