विप्लवको बन्द सँग नडराउन सबैमा प्रहरीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

विप्लवको बन्द सँग नडराउन सबैमा प्रहरीको आग्रह

police

काठमाडौं, ३० फागुन । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको घोषणा गरेता पनि सो समूहको त्रास राजधानीमा समेत देखिएको छ । विप्लव माओवादीले नेपाल बन्दको घोषणा गरेको भन्दै अधिकांश निजी विद्यालयहरुले विहीबार विद्यार्थीहरुलाई छुट्टी दिएका छन् ।

राजधानीबाट बाहिरी जिल्लामा चल्ने अधिकांश रात्रिकालीन बसले बुधबार टिकट काट्न मानेनन् । प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले फागुन ३० गते नेपाल बन्दको घोषणा गरिरहँदा नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएको छ ।

बन्दको प्रतिवादका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्दै आवश्यकता अनुसार स्कर्टिङ गरेर भए पनि सार्वजनिक सवारी साधन चल्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले सर्वसाधारणले डर, त्रासमा बसेर यात्रामा ननिस्किनु पर्ने वा पसल बन्द गर्नुपर्ने आवश्यकता नभएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);