बन्दको मारमा विद्यालयः ७० लाख विद्यार्थी प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बन्दको मारमा विद्यालयः ७० लाख विद्यार्थी प्रभावित

school

काठमाडौं, ३० साउन । विप्लव निकट माओवादीको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी विद्यालय बन्द भएका छन् ।

सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष पुगिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसक्दा जसले बन्द घोषणा गरेपनि विद्यालय बन्द हुने गरेका छन् । नियमनकारी निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्द विद्यालय खुला गर्ने विषयमा कुनै चासो नदेखाउदा अधिकांस बन्दको मारमा विद्यालय परेका छन् ।

मंगलबारको बन्दका कारण विहानी कलेज र विद्यालय पुगेका लाखौ विद्यार्थी बन्दको हल्ला भएपछि फर्किएका थिए । बन्दको कारण मुलुकभरका ३५ हजार सरकारी र निजी विद्यालयका करिब ७० लाख विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);