सिन्डिकेटको मारमा निजी विद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिन्डिकेटको मारमा निजी विद्यालय

school

काठमाडौं, २२ बैशाख । सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्ना सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन शुरू गरेपछि त्यसको प्रत्यक्ष मार निजी विद्यालयमा परेको छ। यातायात बन्दका कारण राजधानीलगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन्।

राजधानीका अधिकांश ठूला विद्यालयले भाडाको सवारी साधनबाट विद्यार्थी ओसारपसार गर्ने गरेका छन्। राजधानीका लिट्टल एन्जल्स, डीएभी, सेन्ट जेभियर्स, सेन्ट मेरिज, एभीएमलगायत दर्जनौं विद्यालयले भाडाको सावारीबाट विद्यार्थी ओसारपसार गर्ने गरेका छन्।

व्यवसायीले वैशाख २७ गतेदेखि देशव्यापी आम हड्ताल आह्वान गरेका छन्। त्यसको प्रत्यक्ष असर विद्यालयमा पर्ने भएको छ। प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले सबै निकायको तारो विद्यालय पर्ने गरेको गुनासो गर्दै यातायात बन्दको प्रत्यक्ष असर विद्यालयमा पर्ने गरेको बताए।

राजधानीका अधिकांश विद्यालयसँग आफ्नो सवारीसाधन नहुँदा विद्यालय सञ्चालकलाई समस्या पर्दै गएको छ। बन्दले उपत्यकाका अधिकांश विद्यालयको सवारी सञ्चालन भएको छैन।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);