भ्रमण वर्ष २०२० सफल बनाउन कांग्रेसको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भ्रमण वर्ष २०२० सफल बनाउन कांग्रेसको अपिल

bishowprakash

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ ।

कांग्रेसले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले ‘एक परिवार दुई पर्यटक’को नारा सहित विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु र पार्टीको देशभित्रका सबै तहलाई योगदान गर्न अपिल गर्नुभएको हो ।

त्यस्तै कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी गरेको जनाएको छ । प्रवक्ता शर्माले नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमार्फत सरकारले नागरिकको फोन ट्यापीङ गर्न सक्ने अधिकार लिन चाहेको र सामाजिक सञ्जाललाई नियन्त्रण गरी नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्न खोजेको बताउनुभयो ।

त्यस्तै कांग्रेसले सरकारको कर्तव्य उखुको मूल्य निर्धारण गर्ने मात्र नभई किसानले पाउनुपर्ने भुक्तानी दिलाउन समेत रहेको जनाएको छ । प्रवक्ता शर्माले आन्दोलनरत किसानहरुको साथमा कांग्रेस रहेको बताउँदै तत्काल समस्या समाधानका लागि सरकारले तत्परता देखाउनु पर्ने माग कांग्रेसको रहेको बताउनुभयो ।

कांग्रेसले संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ को नामाकरण गरी आदेश जारी गर्नुलाई प्रदेश सभाको अधिकार अपहरण भएको जनाएको छ । त्यस्तै प्रवक्ता शर्माले कांग्रेसले प्रदेश सभाको सदस्यको उम्मेदवार तय गर्न पुष १७ गते कार्यसमिति बैठक बस्ने जानकारी समेत दिनुभयो ।

त्यस्तै उहाँले बुधबार सभापति शेरबहादुर देउवाले अनौपचारीक छलफलका लागि पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई आफ्नो निवासमा बोलाउनुभएको जानकरी समेत दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);