सीके राउतसँग सरकारले गरेको सहमति देशका लागि घातक : कांग्रेस प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सीके राउतसँग सरकारले गरेको सहमति देशका लागि घातक : कांग्रेस प्रवक्ता शर्मा

bishoprakash sharma

बागलुङ, २७ फागुन । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सीके राउतसँग गरेको सहमति देशका लागि घातक हुने दावी गरेका छन् । नेपाल प्रेस युनियन बागलुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले सरकार र सिके राउतबीच भएको सम्झौताको भाषा सन्देहास्पद रहेको बताए ।

शर्माले ११ बुँदे सहमतिको दोस्रो बुँदामा लेखिएको जन अभिमत भनेको के हो भन्दै नागरिकलाई आश्वस्त पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रवक्ता शर्माले राउतसँग गरिएको सम्झौता कसैको डिजाइनमा रहेको दावी गर्दै प्रधानमन्त्रीको आफ्नै डिजाइन या कसैको डिजाइनमा फसेकोबारे स्पष्ट पार्नुपर्ने बताए । उनले सम्झौताको भावना अनुसार नेपालको निश्चित भूगोलमा गरिने जनमत संग्रह देशका लागि घातक हुने जिकिर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);