सीके राउत संग गरिएको सम्झौंता राष्ट्रघाती भएको सभापति देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सीके राउत संग गरिएको सम्झौंता राष्ट्रघाती भएको सभापति देउवाको आरोप

sher bahadur deuwa

कास्की, २८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

प्रेस युनियन कास्कीको आयोजनामा मगंलबार पोखरामा सञ्चारकर्मीसँगको भेटघाटमा उनले सम्झौतामा हस्ताक्षर गरेका राउतले सरकार जनमत संग्रहमा जान तयार भएको भन्ने अर्थ लगाई रहेकोले त्यो सम्झौता राष्ट्रघाती भएको बताए । उनले आफ्नो पार्टी सो सम्झौताको खिलापमा रहेको पनि बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता देउवाले विखण्डनकारीलाई मूलधारमा ल्याउनु ठीक भए पनि देश नयाँ बनाउँछु भनेकाले राउतसँगको सम्झौताको बारेमा सरकारले स्पष्ट पार्नु पर्ने देउवाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);