वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकार अघि बढिरहेको छ- मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकार अघि बढिरहेको छ- मन्त्री विष्ट

gokarna bist

काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले विदेशिने नेपाली कामदारको सेवा, सुविधा लगायत नयाँ सुरक्षित गन्तव्य पहिल्याउने विषयमा छलफल भईरहेको बताए । उनले  युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको समेत स्पष्ट पारे ।

मन्त्री विष्टले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);