चितवनमा होटल तथा रेष्टुरेन्टलाई वर्गीकरण गर्न सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चितवनमा होटल तथा रेष्टुरेन्टलाई वर्गीकरण गर्न सुरु

saurah hotel anugaman

काठमाडौं, २८ फागुन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्न सुरु गरेको छ ।

विभाग अन्र्तगतको क्षेत्रिय कार्यालय हेटौँडा र डिभिजन कार्यालय चितवनले सौराहाकै क्षेत्रीय होटल संघको समन्वयमा होटल तथा रेष्टुरेन्टहरूमा वर्गीकरण गरी स्तरीकरण, मूल्यांकन र सूचाकंको कार्यलाई अगाडि बढाएको हो । खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरि वर्गिकरण सुरु गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले सो अवसरमा खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ बारे जानकारी गराउँदै १८ वटा होटल तथा रेष्टुरेन्ट निरीक्षण गरिएकोमा ९ वटामा खराबी भेटिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);