झापाका केही होटलमा अखाद्य वस्तु विक्रि-वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

झापाका केही होटलमा अखाद्य वस्तु विक्रि-वितरण

झापा, १ चैत । औपचारीक कार्यक्रम गरेर तामझामकासाथ अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाइरहँदा झापाका केही होटलले भने अखाद्य वस्तु विक्रिवितरण गरेको पाइएको छ । झापाको विर्तामोडमा रहेका होटलको अनुगमनका क्रममा किरा परेको खाद्ययसामाग्री विक्रिवितरण गरेको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ र बिर्तामोड नगरपालिकाका पदाधिकारीको संयुक्त टोलीली झापाको बिर्तामोडमा सञ्चालित रेडमग होटलमा अनुगमन गर्यो ।

अनुगमन टोली होटलको भान्सामा जाँदा बेच्नको लागि राखिएको खानामा ज्यँदा र मरेको साङ्ला भेटिएकोे थियो । विक्रीका लागि राखिएको काँचो मासु पनि सड्न लागेको अवस्थामा पाइएपछि तत्काल नष्ट गरिएको छ ।

राम्रा भनिएको होटलले नै किरा परेको अखाद्य बस्तु विक्रिवितरण गरेर जनस्वास्थमा खेलवाड गरेको पाइएपछि जनप्रतिनिधिसहितको अनुगमन टोलीले तत्काल होटल बन्द गर्न भनेका छन् ।

अनुगमनमा गएका जनप्रतिनिधिहरुले बिर्तामोडका अधिकांश होटल मापदण्ड विपरित सञ्चालन भएको पाइएको बताएका छन् । तर, होटल व्यवसायी संघ झापाले भने व्यवसायीको बचावट गरेको छ । होलटमा किरा परेको खानेकुरा विक्रिवितरण भइरहे पनि संघकी उपाध्यक्ष इन्दिरा श्रेष्ठले भने तत्काल कारबाही गर्न नमिल्लने बताइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले बिर्तामोडमा सञ्चालित होटल सरसफाई र खाद्य स्वच्छतामा चुकेको बताए । उनले उपभोक्तालाई होटलमा टाँसिएको स्टिकर हेरेर मात्र खानेकुरा खान आग्रह गरे ।

यस अघि वुधवार गरिएको अनुगमनका क्रममा बिर्तामोडमा नै सञ्चालित गाउँले होटलमा पनि किरा परेको खाद्य सामग्री विक्री गर्नेगरेको पाइएको थियो । त्यस्ता सबै होटललाई अनुगमन टोलीले खाद्य सामग्री नवेच्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);