जनयुद्धको नक्कल गरेर 'प्रचण्ड' बन्ने सपना नदेख्न विप्लवलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनयुद्धको नक्कल गरेर ‘प्रचण्ड’ बन्ने सपना नदेख्न विप्लवलाई चेतावनी

पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्धभूमिगत राजनीतिमा रहेका विप्लवर्लाइ जनयुद्धको नक्कल गरेर प्रचण्ड बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

सोमवार पोखरा बिमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले २०५२ सालमा नेकपा माओवादीले गरेको जस्तो जनयुद्धको नक्कलले गन्तब्यमा पुग्न नसकिने भन्दै बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीलाई मुलधारको राजनीतिमा आउन आग्रह गरेका छन् ।

उनले पछिल्लोसमय बिप्लव समूहले हतियार ल्याउने र बिष्फोट गराउने काम गरिरहेको भन्दै पहिले र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेको दावी गरे । दाहालले बिप्लव समूह अहिलेकै बाटोमा हिंडिरहे राज्य चुप लागेर नबस्ने चेतावनी दिए ।

उनले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै शंका नगर्न आग्रह गरे । बाहिर आएको होहल्ला जस्तो सम्झौता राउतसंग नभएको भन्दै उनले सम्झौता अनुसार राउत नचले सरकारले कारबाही गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);