विप्लव नेतृत्वको नेकपाको अतिवादी र विध्वंसात्मक कार्य सरकारलाई सैह्य हुँदैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विप्लव नेतृत्वको नेकपाको अतिवादी र विध्वंसात्मक कार्य सरकारलाई सैह्य हुँदैन : प्रम ओली

pm kp oli

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी र विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पु-याउने, कम्युनिष्ट पार्टीको सरकारलाई असफल बनाउन कोसिस गर्ने लगायत चन्द नेतृत्वको नेकपाको अतिवादी र विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको पनि स्पष्ट पारे ।

उनले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याई छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसका लागि सो समूहले हिंसा परित्याग नगरे सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारेका छन् । उनले आजै बस्ने मन्त्रीपरिषद बैठकले शान्ति प्रक्रियाका बाँकि काम पूरा हुने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गर्ने पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैनकि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाई भएको स्विकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै सो कामलाई पूर्णता दिने पनि बताए ।

प्रधानमन्त्री ओलीले पार्टी संगठनहरुको एकीकरणको धेरै काम पूरा भएकाले पनि अव त्यसमा ढिलाई नहुने बताए । प्रधानमन्त्री ओलीले सरकारले असाधारण काम गरेपनि त्यसको प्रचार पार्टी भित्रैबाट हुन नसकेको गुनासो गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);